
काठमाडौं ।
नेपाल इन्जिनियर्स एशोसिएसन (ने.ई.ए.) ले आगामी निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्ने भएको छ।
नेईएले आफ्नो निर्वाचनका साथै अन्य संस्थाहरुको निर्वाचनमा समेत प्रयोग गर्नेगरी इ-भोटिङ्ग मेसिनको निर्माण एवं प्रवर्द्धन गराउने भएको छ।
यसको लागि संस्थाले हालै सार्वजनिक सूचना जारी गर्दै सहकार्य गर्न वा संयुक्त उद्यम गर्न सकिने प्रस्ताव गरेको हो।
यसको लागि इच्छुक कम्पनीको खोजी गरिरहेको भन्दै नेपाल इन्जिनियर्स एशोसिएसनले अन्य कम्पनीहरुलाई आशयपत्र पेश गर्न भनेको छ।
यस एशोसिएसनले इ-भोटिङ्ग मेसिनको निर्माण एवं प्रवर्द्धन अन्तरगत सहकार्य/संयुक्त उद्यम लागत र लाभ साझेदारी गर्ने आधार) मा काम गर्न इच्छुक / कम्पनीको खोजी कार्यको प्रारम्भिक चरणमा रहेको हुँदा इच्छुक सेवा प्रदायक सफ्टवेयर संस्था तथा कम्पनीहरूलाई क्षमता र कार्य अनुभवको आशयपत्र सहित प्रस्तुतीकरणको लागि आव्हान गरिन्छ। सूचनामा भनिएको छ।
यसको बारेमा थप बिबरण रविस्तृत प्राविधिक स्पेसिफेसन संस्थाको वेबसाइट http://neanepal.org.np/download बाट लिन सकिने भन्दै यहि भदौ २३ गतेभित्र इच्छुक कम्पनीले प्रस्ताव पेश गर्न भनेको छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार