
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले स्विडेनी कम्पनी एरिक्सनसँगको लङ्ग–टर्म ग्लोबल पेटेन्ट क्रस–लाइसेन्सिङ्ग एग्रीमेन्ट (दीर्घकालीन विश्वव्यापी पेटेन्ट क्रस–लाइसेन्सिङ्ग सम्झौता) को घोषणा गरेको छ।
यस साझेदारीले ३जी, ४जी, र ५जी सेलुलर प्रविधिको लागि ३जीपीपी, आईटीयू, आईईईई र आईईटीएफ जस्ता स्ट्याण्डर्ड (मापदण्डहरू) समेट्ने छ।
सम्झौताले नेटवर्क इन्फ्रास्ट्रक्चर (पूर्वाधार) र क्नजुमर डिभाइसेस् (उपभोक्ता उपकरणहरू) को बिक्रीलाई कभर गर्नुका साथै कम्पनीहरूले एकअर्काको पेटेन्टेड स्ट्याण्डर्डडाइज्ड टेक्नोलोजीज (मानकीकृत प्रविधिहरू) प्रयोग गर्न सक्षम हुने जनाइएको छ।
ह्वावेमा इन्टेलेक्चुअल प्रोपर्टी डिपार्टमेन्टका प्रमुख एलन फ्यानले दुबै कम्पनीहरूले एकअर्काको इन्टेलेक्चुअल प्रोपर्टी (आईपी)लाई महत्त्व दिएको र यस्तो सम्झौताले “बलियो पेटेन्ट वातावरण” सिर्जना गर्ने टिप्पणी गरेका छन्। साथै सो साझेदारी इन्टेलेक्चुअल प्रपर्टी (बौद्धिक सम्पत्ति) को सम्मान र संरक्षण हुनुपर्छ भन्ने प्रमाण भएको एलन फ्यानलले थप उल्लेख गरेका छन्।
४,५०० भन्दा बढी दायर पेटेन्टहरूका साथ युरोपियन प्याटेन्ट अफिसको एप्लिकेन्ट र्याङ्गकिङ्ग (आवेदक तालिका) को शीर्ष स्थानमा ह्वावे रहेको छ।
एरिक्सनका सीआईपीओ क्रिस्टिना पीटरसनले “ब्यालेन्स्ड एप्रोच” दुबै पक्षको चासो हुनुका साथै उपभोक्ताहरू र उद्यमहरूको पनि हितमा भएको जनाइएको छ।
स्विडेनी कम्पनीले २०२३ मा लाइसेन्सिङ्ग सम्झौताहरूबाट राजस्व सेक ११ बिलियन (लगभग १ बिलियन अमेरिकी डलर) पुग्ने अपेक्षा गरेको छ। यसको प्रेस विज्ञप्तिमा एरिक्सनसँग ६०,००० भन्दा बढी पेटेन्टहरू रहेको र ५जी विक्रेताको रूपमा अग्रणी स्थानमा रहेको उल्लेख गरेको छ।
प्रकाशित: ११ भाद्र २०८०, सोमबार