केन्या र दक्षिण सुडानबीच व्यापार बढाउन फाइबर अप्टिक केबल सम्झौता

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
केन्या र दक्षिण सुडानबीच व्यापार बढाउन फाइबर अप्टिक केबल सम्झौता

काठमाडौं ।

केन्या र दक्षिण सुडानका सरकारले नैरोबीमा दुई देशबीचको व्यापार बढाउन फाइबर अप्टिक जडान निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो फाइबर केबल उत्तरपश्चिम केन्याको एल्डोरेटलाई दक्षिण सुडानको राजधानी जुबासँग जोड्ने सडकमा स्थापना गरिनेछ।

केन्याका राष्ट्रपति विलियम रुटोले लामु बन्दरगाह-दक्षिण सुडान-इथियोपिया-ट्रान्सपोर्ट करिडोर परियोजनाअन्तर्गत क्षेत्रीय एकीकरण र व्यापारलाई सुदृढ पार्न पूर्वाधार परियोजनाहरूमा दुई देश मिलेर काम गरिरहेको बताए।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार