ताजा समाचार

हेलो सरकारको टोल फ्रि नम्बरमा एनसेलबाट निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने

हेलो सरकारको टोल फ्रि नम्बरमा एनसेलबाट निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने
Global IME Bank

हेलो सरकारमा आफ्नो गुनासो टिपाउन एनसेलको मोबाइल नम्बरबाटसमेत निःशुल्क कल गर्न सकिने भएको छ।

एनसेलका सम्पूर्ण सेवाग्राहीले अब हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा निशुल्क कल गरेर आफ्नो गुनासो राख्न सक्नेछन्।

यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या पूर्ण रूपमा समाधान भएको हेलो सरकारले जनाएको छ।

यसका साथमा अबदेखि नेपाल टेलिकम र एनसेलका मोबाइल सेवा प्रदायकहरुले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो टिपाउन सक्नेछन्।

यस बाहेक हेलो सरकारलाई एसएमएस, फेसबुक, ट्विटर, ह्वाट्सएप, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ।

Sajilo Visa
easy care