
काठमाडौं ।
ओला इलेक्ट्रिकले पछिल्लो केही समयदेखि इलेक्ट्रिक मोटरसाइकल तयार गरिरहेको छ। कम्पनीले हाल ४ इलेक्ट्रिक मोटरसाइलको कन्सेप्ट सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले अलग अलग वर्गका ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर मोटरसाइकल तयार गरेको छ।
ओला इलेक्ट्रिकको ४ इलेक्ट्रिक कन्सेप्ट मोटरसाइकलमा ओला रोडस्टर, ओला क्रूजर, ओला एडभेन्चर तथा ओला डायमन्डहेड रहेको छ। डायमन्डहेड सुपरस्पोर्ट मोटरसाइकल हो। यो सुपर मोटरसाइकल रुचाउने ग्राहकलाई ध्यानमा राखेर तयार गरिएको हो।
ओला इलेक्ट्रिकले पेश गरेको कन्सेप्ट मोटरसाइकलको स्पेसिफिकेशनको जानकारी दिएको छ। यी कन्सेप्ट मोडल भएकाले प्रोडक्शन भर्जनमा केही परिवर्तन देख्न सकिन्छ।
ओला क्रूजर हाल संसारभर उपलब्ध कुनै पनि क्रूजर मोटरसाइकल जस्तो देखिँदैन। यसको टेलिस्पोपिक फ्रन्ट सस्पेन्सनमा बाक्लो सस्पेनसन कभर र लामो स्विङआर्म दिइएको छ। यसले मोटरसाइकलाई थप आकर्षित बनाएको छ।
रोडस्टर नेकेड मोटरसाइकल हो यो फ्यूचरिस्टिक देखिन्छ। ओला रोडस्टर लाइनअपमा सबैभन्दा सिम्पल देखिने मोटरसाइकल हो। यद्दपि कम्पनीले यस इलेक्ट्रिक मोटरसाइकलमो अघि केही राम्रो देखिने यूएसडी फोक्र्स दिएको छ।
ओला एडभेन्चर अर्को कन्सेप्ट इलेक्ट्रिकल मोटरसाइकल हो जसले धेरै मानिसको ध्यान आकर्षित गरेको छ। यसमा अधिक रेञ्जका लागि ठूलो ब्याट्री प्याक दिइने सम्भावना छ। यस इलेक्ट्रिकल मोटरसाइकलको अगाडि यूएसडी फोक्र्स दिइएको छ।
ओला डायमन्डहेड सुपरस्पोर्ट मोटरसाइकल हो। यो सबै मोटरसाइकल भन्दा बढी फ्यूचरिस्टिक देखिन्छ। ओला डायमन्डहेड कन्सेप्टमा डुओलीभर फ्रन्ट सस्पेन्सन दिइनेछ। रिपोर्ट अनुसार यो नै ओलाको सर्वाधिक महँगो इलेक्ट्रिकल मोटरसाइकल हुने विश्वास गरिएको छ।
यी सबै मोटरसाइकलमा धेरै समानता छन्। जसमा ठूलो टचस्क्रीन इन्टरफेस सिस्टम, डुअल फ्रन्ट डिस्क, रियर डिस्क ब्रेक, मोनो रियर सस्पेन्सन, तथा फ्यूचरिस्टिक डिजाइन थीम छ।
यी मोटरसाइकल कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने विषयमा ओलाले हालसम्म कुनै जानकारी उपलब्ध गराएको छैन।
प्रकाशित: १ भाद्र २०८०, शुक्रबार