
काठमाडौं ।
नयाँ आईफोन १५ सिरिजमा पुरानो लाइटिङ कनेक्टरलाई यूएसबी-सीले प्रतिस्थापन गर्ने कुरा निश्चितरूपमा स्पष्ट भएपछि चार्जरल्याबमा संलग्न व्यक्तिहरूको गहिरो खोज पश्चात पोर्टको बारेमा केही रोचक तथ्य खुलासा भएका छन्।
आईफोन १५ मा आउने भनिएको यूएसबी टाइप सी पोर्टका केही विशेष तस्बिरहरू हात पारेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
समाचारअनुसार, नयाँ आईफोनहरूमा रेटिमर चिप फिचर गरिएको देखिएको र उक्त चिपलाई थन्डरबोल्ट–इनेबल्ड डिभाइसेसमा प्रायः सिग्नल्स रिकन्सट्रक्ट गर्न र सिग्नल जिटर रिड्युस गर्न (संकेतहरू पुनः निर्माण गर्न र सिग्नल जिटर कम गर्न) प्रयोग गरिने गरिएको जनाइएको छ।
तसर्थ, आगामी आईफोनहरूले थन्डरबोल्ट सपोर्ट अफर गर्ने थप उल्लेख गरिएको छ।
यद्यपि, थन्डरबोल्ट सपोर्ट (समर्थन) भने केवल आईफोन १५ प्रो र प्रो म्याक्समा मात्र सीमित हुन सक्ने चार्जल्याबले स्पष्ट गरेको छ। साथै डिभाइस मार्फत (वा उपकरणहरूमा) क्विक डाटा ट्रान्सफरको लागि भरपर्ने प्रयोगकर्ताहरूको लागि यो निकै ठूलो डिल हुनसक्ने छ।
यूएसबी२.० मा आधारित लाइटनिङ्ग पोर्टले डाटा स्थानान्तरणलाई ४८० एमबीपीएसमा क्याप गर्दछ भने सामान्य थन्डरबोल्ट इन्टरफेस ४० जीबीपीएस सम्म जानसक्ने उल्लेख गरिएको छ। यसबाहेक, थन्डरबोल्ट स्ट्याण्डर्डले हाईयर पावर इनपुट र आउटपुटलाई समर्थन गर्ने भएकाले फास्टर चार्जिङ पनि मेनुमा समावेश हुन सक्ने जनाइएको छ।
प्रकाशित: १ भाद्र २०८०, शुक्रबार