श्रम विभागको हटलाइन नम्बर, श्रम सम्बन्धि उजुरीहरु टिपाउन सकिने

Technology Khabar २६ श्रावण २०८०, शुक्रबार

श्रम विभागको हटलाइन नम्बर, श्रम सम्बन्धि उजुरीहरु टिपाउन सकिने
सांकेतिक तस्विर

काठमाडौं ।

श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागको हटलाइन नम्बर ९८५१३५०४५१ को भाइबर तथा ट्विटरमार्फत सिधा सम्पर्क गरेर श्रम सम्बन्धि उजुरीहरु टिपाउन सकिने जनाएको छ।

कतै नियुक्तिपत्रबिना काम गर्नु परेको त छैन? त्यस्तो हो भने बुधबारदेखि

विभागले यस्ता उजुरीको अवस्था अनुसार तुुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रियामा जाने तयारी गरेको जनाएको छ।

विभागका निर्देशक मणिनाथ गोपकाअनुसार नियुक्तिपत्रबिना काम गर्ने समस्या थुप्रै भए पनि कतिपयले आउन झन्झटले गर्दा उजुरी दिने नगरेकाले सहज बनाउन हटलाइन सेवा सुरु गरिएको हो । नियुक्तिपत्रबाहेक उद्योग प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएमा, तोकेको पारिश्रमिक दिन ढिलासुस्ती गरेमा, बालश्रम लगाएको पाइएमा पनि हटलाइनमा तुरुन्त उजुरी गर्न सकिन्छ।

भाइबर र ट्विटरमार्फत आएका उजुरीको तुरुन्तै श्रम ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रक्रियामा लैजाने विभागको भनाई छ। त्यस्ता समस्या भएका श्रमिकले गोप्य रूपमा रोजगारदाताको प्रतिष्ठानको नाम र ठेगानासहित आफ्नो समस्या स्पष्ट भाइबर वा ट्विटरमार्फत तोकेको नम्बरमा पठाउन सक्ने छन्।

यस्ता उजुरी सुनुवाइका लागि विभागमा छुट्टै समूह बनाइएको र उक्त टोली आवश्यकताका आधारमा कानुनी सल्लाह लिएर उजुरीको सुनुवाइका लागि अगाडि बढ्ने विभागले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया