वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

काठमाडौं ।

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ।

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ।

सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ।

यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार