भदौ १ देखि विदेशी नागरिकलाई अनलाइनबाटै श्रम स्वीकृति

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
भदौ १ देखि विदेशी नागरिकलाई अनलाइनबाटै श्रम स्वीकृति

काठमाडौं ।

श्रम, तथा व्यवसायजन्य सुरक्षा विभागले गैरआवासी नेपालीलाई दिँदै आएको श्रम स्वीकृति अब अनलाइनमार्फत पनि दिने तयारी गरेको छ। आउँदो भदौ १ देखि अनलाइनमार्फत विदेशी नागरिकलाई श्रम स्वीकृति दिने गरी तयारी गरेको विभागले जनाएको छ।

विभागका अनुसार यसका लागि सफ्टवेयर तयार भइसकेको छ। विभागले इन्टिग्रेटेड लेबर म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम Integrated Labor Management Information System (https://ilmis.dolos.gov.np) लागू भएको र विभागका सबै कामहरु सोही प्रणालीबाट हुने जानकारी दिएको छ।

भदौ १ देखि विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउनेले त्यसका लागि अनलाइनबाट दिन सकिने व्यवस्था गरिएको छ।

यसअघि विदेशबाट आएर काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृतिका लागि विभागमै आएर आवेदन दिनुपर्थ्यो। भदौदेखि आवेदनका लागि विभागमा आउनुपर्ने समस्या हटेको छ।

विभागबाट सुरु गरिएको यस प्रकारको सिस्टममा नयाँ वा नवीकरण दुवै खाले श्रमिकले श्रम स्वीकृति अनलाइनबाट लिन सकिने छ।

विभागका शाखा अधिकृत प्रदिप कुमार ढकालकाअनुसार हाल यो प्रणाली परीक्षणको क्रममा रहेको र आवेदन गर्दा कुनै समस्या भएमा विभागमा सम्पर्क गर्नुपर्नेछ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुुई हजार ९९४ रहेको थियो। जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६२५ रहेको छ।

श्रम स्वीकृति लिने र श्रम नवीकरण गर्नेको सङ्ख्या बढेसँगै यसलाई व्यवस्थित र सहज गराउनका लागि अनलाइन प्रणाली लागु गर्न लागेको विभागले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २४ श्रावण २०८०, बुधबार