साउदी अरेबियामा २०२५ देखि सबै इलेक्ट्रोनिक डिभाइसमा यूएसवी-सी चार्जिङ पोर्ट अनिवार्य

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
साउदी अरेबियामा २०२५ देखि सबै इलेक्ट्रोनिक डिभाइसमा यूएसवी-सी चार्जिङ पोर्ट अनिवार्य

काठमाडौं ।

साउदी अरेबियाले २०२५ देखि सबै इलेक्ट्रोनिक उपकरणहरूलाई यूएसवी टाइप सी चार्जिङ पोर्टहरू प्रयोग गर्न अनिवार्य गरेको छ। यूएसवी-सी चार्जिङ पोर्टहरू प्रयोग गर्ने पहिलो चरण जनवरी १, २०२५ मा सुरु हुने बताइएको छ।

सरकारी प्रवक्ताहरूकाअनुसार, यसको उद्देश्य प्रयोगकर्ताकाे अनुभव सुधार, लागत तथा ई-वेस्ट कम गर्नु तथा हाइ क्वालिटी डाटा ट्रान्सफरको अनुमति रहेको उल्लेख छ।

यो निर्णय साउदी मानक, मेट्रोलोजी तथा गुणस्तर संगठन र सञ्चार, अन्तरिक्ष, र प्रविधि आयोगबाट आएको हो। पहिलो चरणमा मोबाइल फोन र हेडफोन, किबोर्ड, स्पिकर, राउटर, आदि जस्ता इलेक्ट्रोनिक उपकरणहरूको लागि नियम लागू हुने बताइएको छ।

त्यस्तै, दोस्रो चरण अप्रिल १, २०२६ देखि सुरु हुने छ, जुन ल्यापटप र पोर्टेबल कम्प्युटरहरूमा लागू हुनेछ।

संस्थाहरूका अनुसार उपभोक्ताले एसएआर १७ करोड (करिब ४५ मिलियन डलर) बचत गर्ने तथा चार्जरको प्रयोगमा वार्षिक २२ मिलियन युनिटभन्दा बढीले घटाउने उल्लेख छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार