Technology Khabar १७ श्रावण २०८०, बुधबार
काठमाडौं ।
यस महिनाको सुरुवातमा एप्पललाई दिइएको पेटेन्टले भविष्यका एयरपड्समा केही प्रमुख हार्डवेयर अपग्रेडहरू फिचर गरिने संकेत गरेको छ।
नयाँ पेटेन्टले मानिसको ब्रेन वेभ्स (मस्तिष्क तरंगहरू) जस्तै बायोसिग्नल्सहरू पढ्न सक्ने प्रविधिको साथ एयरपड्सको वर्णन गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
एप्पलले मानव दिमागलाई म्याप गर्न सक्ने एयरपड्समा काम गर्दै
कुपर्टिनोमा आधारित टेक दिग्गलाई प्रदान गरिएको एक पेटेन्टले इयरबड्समा साना इलेक्ट्रोड्स फिचर गरिएको एयरपड्स हुने वर्णन गरेको छ। उक्त इलेक्ट्रोड्सहरूले एयरपड्सलाई विभिन्न बायोसिग्नलहरू पढ्नको लागि अनुमति दिनेछ। कम्पनीले प्याटेन्ट डकुमेन्टमा आफ्नो वायर्ड र वायरलेस गरी दुवै इयरफोनको हाउजिङमा सानो इलेक्ट्रोड्सको प्लेसमेन्ट प्रदर्शन गरेको उल्लेख छ।
यसबाहेक, यी भविष्यका एयरपड्समा एक्टिभ र रिफ्रेन्स इलेक्ट्रोड्सहरू पनि समावेश गरिने र त्यसलाई प्रयोगकर्ताको कानको लागि व्यक्तिगत रूपमा कन्फिगर गर्न आवश्यक पर्ने उल्लेख छ।
यी बायोसिग्नल मेजरमेन्ट डिभाइस (मापन यन्त्रहरू) लाई एयरपडको टुप्पोमा पनि राख्न सकिने उल्लेख छ। प्याटेन्टले साझा गरेको केही तस्बिरहरूमा प्रयोगकर्ताले इलेक्ट्रोएन्सेफ्लोग्राफी वा मेजरमेन्ट (मापन) को अन्य रूपहरू सुरु गर्न साइडमा ट्याप गर्न सक्ने भनेर देखाइएको छ। यद्यपी यो अझै पनि पेटेन्ट मात्र हो।
साथै ब्रेन वेभ रिडिङ्ग टेक्नोलोजी समोश गरिएको भविष्यका एयरपड्सहरू चाँडै आउने सम्भावना भने नभएको रिपोर्टमा उल्लेख गरिएको छ।
एयरपड्समा साना इलेक्ट्रोड्सहरू राख्नु कुनै सरल कार्य नभएको तर एप्पलको धेरै काम अगाडि बढिरहेको उल्लेख छ। ब्रान्डले सबै बेसेसहरू कभर गर्न सक्ने भएकाले यस्तो प्रकारको हेयरेबल प्रोडक्ट (सुन्न सकिने उत्पादन) मा काम नगरेको पनि हुन सक्ने भनी उल्लेख गरिएको छ।
बायोसिग्नलहरू पढ्नको लागि आईफोन निर्मातालाई उचित अधिकारीहरूबाट उचित प्रमाणपत्रहरू प्राप्त गर्न आवश्यक पर्नेछ।
यसैबीच भविष्यका एयरपड्समा चाँडै नै शरीरको तापक्रम र हेयरिङ्ग हेल्थ फिचर्स प्रदान गर्ने रिपोर्ट गरिएको उल्लेख छ।
प्रकाशित: १७ श्रावण २०८०, बुधबार