एप्पलद्वारा आफ्ना ओएलईडी आपूर्तिकर्ताहरूलाई बेजेल–लेस डिस्प्लेको तयारी गर्न आग्रह

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
एप्पलद्वारा आफ्ना ओएलईडी आपूर्तिकर्ताहरूलाई बेजेल–लेस डिस्प्लेको तयारी गर्न आग्रह

काठमाडौं ।

एप्पलले आफ्ना ओएलईडी आपूर्तिकर्ताहरू सामसङ डिस्प्ले र एलजी डिस्प्लेलाई बेजेल बिनाको ओएलईडी प्यानलहरू विकास गर्नका लगि आग्रह गरेको छ।

एप्पलले यस वर्षको आईफोन १५ प्रो मोडलहरूमा बेजेलहरू घटाउन चाहेको र त्यसको केही वर्ष पछि एप्पलले फुल डिस्प्ले अपनाउने सम्भावना रहेको उल्लेख छ। यसको अर्थ अब आगामी डिभाइसको नयाँ मोडलमा सकेसम्म पातलो बेजेलका साथ कुनै क्यामेरा कटआउट समावेश नहुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यस समयमा एप्पलको बेजेल–लेस योजनाहरूको अगाडि केही महत्वपूर्ण अवरोधहरू रहेका छन्। ‘अन्डर–प्यानल क्यामरा’ (यूपीसी) उक्त अवरोधहरू मध्येको एउटा भएको हुनाले अन्डर–डिस्प्ले क्यामरा समायोजन गर्न आवश्यक पर्ने तवरमा हालको आउटर फिल्म लेयर (बाहिरी फिल्म तह) त्यति पातलो नभएको उल्लेख छ। त्यसपछि त्यहाँ दोस्रो अवरोधको रुपमा थिन–फिल्म इनक्याप्सुलेशन (टीएफई) रहेको र यसले ओएलईडीलाई मोइस्चर र अक्सिजनबाट जोगाउन सक्नेछ। साथै यो एक इन-अर्गानिक फिल्म र एक अर्गानिक (जैविक) फिल्म स्ट्याक गरेर बनाइएको र इनअर्गानिक फिल्मले मोइस्चर र अक्सिजनलाई रोक्छ भने अर्गानिक फिल्मले इनअर्गानिक फिल्मको खाली ठाउँहरू रोक्ने गर्दछ।

त्यसैगरी एप्पलले आईफोनको फ्ल्याट डिस्प्लेलाई कायम राख्न उत्सुक रहेकाले डिस्प्लेको बटम बेजेलमा स्क्रिन सर्किटहरू बेन्ड (झुकाउन) गाह्रो बनाउने प्रक्रियाको रुपमा तेस्रो समस्या रहेको छ। डिभाइसको किनारमा म्याग्निफाइङ्ग ग्लास इफेक्ट रहनुका साथै कर्भड स्क्रिनहरू फुटाउन सजिलो हुने भएकाले एप्पलले कर्भड डिस्प्ले नचाहेको उल्लेख गरिएको छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार