एप्पलले आईफोन १५ को मूल्य बढाएर आम्दानी बढाउने तयारीमा

Technology Khabar १० श्रावण २०८०, बुधबार

काठमाडौं ।

एप्पलले यस वर्ष आईफोन १५ लाइनअपको औसत बिक्री मूल्य बढाएर आफ्नो राजस्व बढाउने तरखरमा रहेको ब्लूमबर्गको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

कम्पनीको आफ्नो राजस्व बढाउने योजना २०२३ को आईफोन १५ प्रो म्याक्सबाट सक्षम हुनेछ भने उक्त आईफोन १५ प्रो म्याक्स अहिलेसम्मको सबैभन्दा महँगो आईफोन हुने उल्लेख छ। साथै संस्करणहरूको वितरणमा पनि परिवर्तन हुने थप उल्लेख गरिएको छ।

आर्थिक अनिश्चितताको बाबजुद एप्पलले यस वर्ष पनि आफ्नो कुल बिक्री लगभग ८५ मिलियन एकाइहरूमा अपरिवर्तित रहने अनुमान गरेको छ।

यसका साथै सीएमओएस सेन्सर समस्याहरूको कारण बेस (आधार) आईफोन १५ को अर्डरहरू कम हुनेछन् भने एप्पलले सस्तो आईफोन १५ को कमीलाई क्षतिपूर्ति गर्नका लागि भनेर आईफोन १५ प्रोको उत्पादन बढाउने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

गत वर्ष वा त्यस अघि धेरै निर्माताहरूले मूल्यमा वृद्धि गरेका हुनाले केही हदसम्मका लागि एप्पलले पनि आफ्नो मूल्यहरू बढाउने सन्दर्भ अर्थपूर्ण भएको/हुनेछ।

कम्पनीको सन् २०२२ को लन्च कार्यक्रमको क्रममा एप्पलले आईफोन १४ लाईनअपको मूल्यहरू नबढाउने भनेता पनि उक्त परिदृश्य केवल चीन र अमेरिकाको लागि मात्र भएको थियो भने युरोपेली आईफोनको मूल्यहरूमा भने उल्लेखनीय रूपमा बढाएको उल्लेख छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया