Technology Khabar ९ श्रावण २०८०, मंगलवार
काठमाडौं ।
बैंगलोरस्थित इलेक्ट्रिक बाइक निर्माता अल्ट्राभायलेट अटोमोटिभले भारतमा एक्स४४ नाममा ट्रेडमार्क एप्लिकेशन दर्ता गरेको छ। रिपोर्ट अनुसार अल्ट्राभायलेट एक्स४४ नाम कुन मोडलका लागि दर्ता गरिएको भने जानकारी प्राप्त हुन सकेको छैन।
यो नाम कम्पनीको आगामी इलेक्ट्रिक बाइकमा प्रयोग हुने ड्राइभस्पार्कले उल्लेख गरेको छ। अल्ट्राभायलेटले यस वर्षको सुरुवातमा एफ७७ इलेक्ट्रिक बाइकबाट गरेको थियो। यो कम्पनीको तीब्र गतिको बाइक हो। यसले उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
अल्ट्राभायलेट एफ७७ ३ लाख ८० हजार भारुको सुरुवाती मूल्यमा उपलब्ध छ भने यसको टप भेरियन्टको मूल्य ४ लाख ५५ हजार भारु (एक्स शोरुम) तोकिएको छ। यो भारतको पहिलो परर्फमेन्स इलेक्ट्रिक बाइक हो।
तीब्र गतिको बाइक मन पराउने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर कम्पनीले अल्ट्राभायलेटल एफ७७ ल्याएको हो। यस्तोमा आम ग्राहकले पनि चढ्न सक्ने सस्तो इलेक्ट्रिक बाइक ल्याउने योजनामा कम्पनी रहेको छ। उक्त बाइकको नाम अल्ट्राभायलेटल एक्स४४ हुन सक्छ।
अल्ट्राभायलेट एक्स४४ का साथ कम्पनी अफोर्डेबल बाइकका साथ बजारमा प्रवेश गर्ने रणनीतिमा देखिएको छ। यस बाइकमा कम्पनीले सानो ब्याट्री प्याक दिनेछ। अल्ट्राभायलेटको आगामी बाइकको मूल्य २ देखि साढे २ लाख भारुसम्म रहने विश्वास गरिएको छ।
यो अल्ट्राभायलेटको हाल उपलब्ध मोडल भन्दा केही सस्तो हुनेछ। रिपोर्टका अनुसार यो इलेक्ट्रिक एडभेन्चर बाइक हुन सक्छ। नयाँ बाइकमा एफ७७ को धेरै विशेषता प्राप्त हुन सक्छ।
प्रकाशित: ९ श्रावण २०८०, मंगलवार