
काठमाडौं ।
यो वर्ष रिलिज हुने क्रममा रहेको एप्पल आईफोन १५ को बारेमा धेरै अनुमानहरु बाहिर आउँदैछन। आगामी एप्पल फ्ल्यागशिप आईफोनको अफरिङ्ग्समा उच्च चार्जिङ्ग गति क्षमता रहने चर्चा रहेको छ।
जानकारी अनुसार एप्पलको ब्याट्री प्रविधिको एक प्रमुख अपग्रेडले गर्दा आईफोन १५ स्ट्याक्ड ब्याट्री प्याकको साथ आउने उल्लेख छ। साथै स्ट्याक्ड अप्रोचले ब्याट्री लाईफ बढाउने र आईफोन १५ मा ४० वाट चार्जिङ्ग ओपन अप गर्ने अपेक्षा गरिएको छ।
हाल, आईफोन १४ मा ३० वाटको अधिकतम चार्जिङ्ग गति रहेको छ भने उक्त नयाँ ४० वाटको गति धेरै महत्त्वपूर्ण छलाङ्ग हुने उल्लेख छ। ट्विटरका एक टिपस्टर २आरजीक्लाउड्सकाअनुसार आईफोन १५ को ४० वाटको वायर्ड अपग्रेडलाई म्यागसेफ मार्फत २० वाटको चार्जिङ्ग गतिमा ट्रान्सलेट गर्न सक्ने उल्लेख गरिएको छ।
यद्यपि नयाँ प्रविधिलाई आईफोन १५ मा समावेश गरिने कुनै ग्यारेन्टीहरू नभएको र केही अनुमानहरूका अनुसार भने उक्त नयाँ टेक आईफोन १६ सँग जोडिएको उल्लेख छ। त्यसैगरी एप्पलको यूएसबी–सी मा रुपान्तरणले नेक्स्ट–जेन आईफोनहरूको चार्जिङ्ग गति बढेको भन्ने पनि अनुमान गरिएको छ।
आईफोन १५ को चार्जिङ्ग स्पीडमा सम्भावित वृद्धिको अन्य धेरै कारणहरू स्पष्ट रहेको बताईएको छ। त्यस मध्ये एउटा भनेको, स्ट्याक्ड ब्याट्री प्याकले यस्तो परिदृश्यमा उपस्थित ओभरहिटिङ्ग चुनौतीलाई एप्पलले नेभिगेट गरेको हुन सक्ने अर्थ लगाउने उल्लेख छ।
आईफोन १५ लाई २०२३ सेप्टेम्बरमा कार्यक्रममार्फत घोषणा गर्ने सकिने अपेक्षा गरिएको छ। आगामी मोडलले एप्पलको प्रसिद्ध स्थायित्व र पर्फमेन्स (कार्यसम्पादन) लाई हाइलाइट गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ८ श्रावण २०८०, सोमबार