ओप्टसले स्पेसएक्ससँग मिलेर अष्ट्रेलियाभर स्याटेलाइट-टू-फोन कभरेज पुर्याउने

Technology Khabar २९ असार २०८०, शुक्रबार

काठमाडौं ।

अष्ट्रेलियाली अपरेटर ओप्टसले स्पेसएक्ससँगको साझेदारीमा, स्पेसएक्सको स्टारलिंक स्याटेलाइट तारामंडल प्रयोग गरेर मोबाइल कनेक्सन प्रदान गर्न सहमत भएको छ।

यसका साथै ओप्टस र स्पेसएक्सले यो स्याटेलाइट-टू-फोन सेवा कभरेजलाई अस्ट्रेलियाको क्षेत्रको १०० प्रतिशतमा विस्तार गर्ने योजना बनाएका छन्।

स्पेसएक्सले विश्वभर दूर्गम र मोबाइल तथा इन्टरनेट सेवा नपुगेका स्थानमा तिब्रगतिको इन्टरनेट सेवा दिनका लागि पृथ्वीको तल्लो कक्षमा स्याटेलाइट कन्स्टलेशन तयार पारिरहेको छ।

प्रकाशित: २९ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया