
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
शैक्षिक सत्र २०८०/८१ अन्तर्गत कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरपालिकाको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी(entrance.kathmandu.gov.np)मा आवेदन पेस गर्नुपर्ने जानकारी दिएको छ।
महानगरपालिकाको शिक्षा विभागले सूचनामार्फत विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक विषयमा छात्रवृत्तिका लागि छनोट परीक्षा हुने जानकारी दिएको छ।
परीक्षा साउन २० गते बिहान ११ बजे सुरु हुने जनाइएको छ।
प्रकाशित: २८ असार २०८०, बिहीबार