एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाख २७ हजारले बढे

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
एक महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाख २७ हजारले बढे

काठमाडौं ।

नेपालमा मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० जेठको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा देखिएको हो।

बैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङको प्रयोगकर्ता ३ लाख २७ हजार ७१३ जनाले बढेको छ। बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७ लाख ६३ हजार ३४६ रहेकोमा जेठमा २ करोड १० लाख ९१ ह्जार ५९ पुगेको छ।

मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कारोबार संख्या र भुक्तानी रकम पनि बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

जेठमा मोबाइल बैंकिङ मार्फत २ खर्ब ३० अर्ब ४७ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। बैशाखमा २ खर्ब १० अर्ब १ करोड रुपैयाँ भुक्तानी भएको थियो। एक महिनामा मोबाइल बैंकिङ मार्फत हुने भुक्तानी २० अर्ब ४६ करोड ५० लाख रुपैयाँले बढेको छ।
जेठमा मोबाइल बैंकिङ मार्फत हुने कारोबार १७ लाख ८५ हजार ५९० ले बढेको छ। जेठमा मोबाइल बैंकिङ मार्फत २ करोड ९२ लाख १० हजार ३२२ पटक करोबार भएको थियो।

मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...