
काठमाडौं ।
सीएससी ईएस५ नामक नयाँ इलेक्ट्रिक स्कुटर घोषणा गरिएको छ। यस नयाँ इलेक्ट्रिक स्कुटर इम्प्रेसिभ पर्फमेन्स फिचर्स (प्रभावशाली प्रदर्शन सुविधाहरू) को साथ आएको छ। साथै ८५ किलोमिटर प्रति घण्टाको उच्च गति रहेको यस नयाँ टेक–हेभी ई–स्कुटरले ११० किलोमिटरको दायरा प्रदान गर्ने बताइएको छ।
झोंगसेन अन्तर्गतको ब्रान्ड रहेको चिनियाँ कम्पनी सिनेकोले सीएससी ईएस५ इलेक्ट्रिक स्कुटर निर्माण गरेको बताइएको छ।
हाल अमेरिकामा उपलब्ध सीएससी ईएस५ इलेक्ट्रिक स्कुटरले डिसेन्ट पर्फमेन्स मेट्रिक्स प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
सीएससी ईएस५ इलेक्ट्रिक स्कुटर एक सरल र प्रयोग गर्न सजिलो डिजाइनमा आएको बताइएको छ। साथै यो लो–पावर इलेक्ट्रिक टु–ह्विलर दैनिक सहरी आवागमनका लागि उपयुक्त भएको उल्लेख छ। त्यसैगरी ईएस५ इलेक्ट्रिक स्कुटर ५ किलोवाटको नोमिनल पावर आउटपुट सहितको मिड–माउन्टेड इलेक्ट्रिक मोटरद्वारा संचालित रहेको बताइएको छ। साथै ईएस५ को अधिकतम पावर रेटिङ ८ किलोवाट रहेको र यस इलेक्ट्रिक स्कुटरलाई परम्परागत १२५ सीसी मोटरसाइकलसँग तुलना गरिएको छ।
सीएससी ईएस५ मा तीन ओटा ६०भी, ३१ एएच लिथियम–आयन ब्याट्री प्याक्सको ५.५८ केडब्ल्यूएचको संयुक्त ब्याट्री क्षमता रहेको छ। साथै प्रत्येक ब्याट्रीको तौल ३.१२ किलोग्राम भएको र ११० किलोमिटरको निर्धारित दायरा प्रदान गर्ने छ। त्यसैगरी लगभग ८ घण्टामा ब्याट्री पूर्णरूपमा रिचार्ज गर्न सकिने छ।
ईएस५ इलेक्ट्रिक स्कुटरमा आधुनिक सुविधाहरू सहितको प्रभावशाली ड्यासबोर्ड पनि रहेको बताइएको छ। यस स्कुटरमा फुल–कलर टीएफटी प्यानलको साथमा ब्लुटुथ स्पिकर र डिभाइसहरू चार्ज गर्नको लागि यूएसबी सकेट पनि रहेको बताइएको छ।
सीएससी ईएस५ लाइटनिङ्ग ह्वाइट, विजार्ड ग्रीन र चारकोल विथ प्यासन ओरेन्ज गरी कुल तीन ओटा कलर (रङ्ग) भेरियन्टमा उपलब्ध भएको बताइएको छ। अमेरिकामा यस इलेक्ट्रिक स्कुटरको मूल्य ट्याग ५,२८५ अमेरिकी डलर रहेको छ।
प्रकाशित: २७ असार २०८०, बुधबार