सामसङ र मिडियाटेकको सहकार्यमा रेकर्ड-ब्रेकिङ फाइभजी अपलोड गति हासिल

Technology Khabar २५ असार २०८०, सोमबार

काठमाडौं ।

सामसङ नेटवर्कसले मिडियाटेकसँगको सहकार्यमा, ५जी अपलोड गति प्रदर्शनमा उल्लेखनीय कोसेढुङ्गा हासिल गरेको छ। कम्पनीहरूले दक्षिण कोरियाको सुवनमा रहेको सामसङको ल्याबमा व्यापक परीक्षण गर्दै उनीहरूको संयुक्त प्रयासको क्षमताहरू प्रदर्शन गरेका हुन्।

ग्राउन्डब्रेकिङ उपलब्धिमा २ सीसी सीए (क्यारियर एग्रीगेशन)  र एमआइएमओ प्रविधि सहितको सी ब्यान्ड सहितको ५जी स्ट्यान्डअलोन नेटवर्कको उपयोग समावेश छ। सामसङ नेटवर्कसले यसको सी-ब्याण्ड म्यासिभ एमआइएमओ रेडियो, भर्चुअलाइज्ड डिस्ट्रिब्युटेड युनिट (भीडीयू ), र परीक्षणको लागि ५जी कोर प्रयोग गरेको बताइएको छ।

मिडियाटेकले नयाँ एम ८० मा आधारित सीपीयू चिपसेटसँग सुसज्जित परीक्षण उपकरण योगदान गरेको छ जसले एउटा च्यानलमा तीनवटा एन्टेना ९०० मेगाहर्ज , ३.७ गीगाहर्ज , र ३. ७ गीगाहर्ज इम्प्लोइड गरेको बताइएको छ। यसका साथै, तिनीहरूले ३६३ एमवीपीएसको उत्कृष्ट अपलोड गति पनि हासिल गरेका बताइएको छ। यो गति जसले उक्त सेटअपको सैद्धान्तिक सीमामा पुग्ने उल्लेख छ।

विभिन्न एप्लिकेसनहरूमा एक महत्वपूर्ण कारकको रुपमा, नेटवर्क अपलोड गतिलाई उल्लेखनीय रूपमा बढाउँदै यो प्राविधिक सफलताले भविष्यमा उपभोक्ता उत्पादनहरूका लागि ठूलो प्रतिज्ञा राख्ने बताइएको छ।

उच्च रिजोल्युसनमा लाइभ भिडियो स्ट्रिमिङ्ग अन द गोमा भिडियो कन्फरेन्सिङ, र मल्टिप्लेयर गेमिङ जस्ता गतिविधिहरूले यस्तो उच्च अपलोड गतिलाई बुस्ट गर्ने नेटवर्कहरूसँग सहज प्रदर्शनको अनुभव गर्ने उल्लेख छ।

सामसङ नेटवर्कमा टेक्नोलोजी सोलुसन ग्रुपका प्रमुख डोङ्गवु लीले उपभोक्ता उपकरणहरूको उपलब्धि र सम्भाव्यताप्रति आफ्नो उत्साह व्यक्त गरेका छन्। द्रुत अपलिङ्क गतिले नयाँ सम्भावनाहरू ल्याउने तथा प्रयोगकर्ता अनुभवहरू परिवर्तन गर्ने बताए। लीले उपलब्ध अत्याधुनिक प्रविधिको फाइदा उठाएर आफ्ना ग्राहकहरूको सञ्जाल सुधार गर्न सामसङ र मिडियाटेक दुवैको प्रतिबद्धतालाई जोड दिए।

प्रकाशित: २५ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया