
काठमाडौं ।
आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ। सेवाग्राहीहरुले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन्।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्डअनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो।
नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ।
प्रकाशित: २२ असार २०८०, शुक्रबार