Technology Khabar २० असार २०८०, बुधबार
काठमाडौं ।
केटीएम म्याकिन स्पोर्ट एसएक्स प्राइम इलेक्ट्रिक बाइक सार्वजनिक भएको छ। कार्बन फ्रेम रहेको यस नयाँ केटीएम ई–बाइकमा बोस्च पर्फमेन्स एसएक्स स्मार्ट सिस्टम समावेश गरिएको छ। साथै उक्त कार्बन फ्रेम डिजाइनले ई–ट्रेकिङ्ग बाइकलाई हल्का राख्दै सहज गतिशीलता प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
म्याकिन स्पोर्ट एसएक्स प्राइम ई–बाइकमा रहेको इन्टिग्रेटेड बोस्च प्युरियन २०० डिस्प्लेले स्पिड (गति) र रिमेनिङ्ग ब्याट्री लेभल जस्ता राइड इन्फर्मेसन (सवारी जानकारी) प्रदान गर्ने बताइएको छ। साथै इन्टिग्रेटेड बोस्च प्युरियन २०० डिस्प्ले र रिमोटले प्रयोगकर्तालाई एसिस्टेन्ट लेभल नियन्त्रण गर्न अनुमति दिने उल्लेख छ।
त्यसैगरी इ–बाइकमा सेटिङहरू अनुकूलित गर्नको लागि ईबाइक फ्लो कम्प्यानियन नामक एप पनि रहेको छ। यस ई–बाइकले पनि म्याकिन रेभेलेटर एसएक्स प्राइम रोड बाइकले जस्तै स्मार्ट सिस्टम प्रयोग गर्ने उल्लेख छ। यस ई–बाइकमा २५ किमी/घन्टाको उच्च गति भएको ५५ एनएम मोटर र ४०० डब्ल्यूएच कम्प्याक्ट ट्यूब ब्याट्री प्रयोग गरिएको बताइएको छ।
म्याकिन स्पोर्ट एसएक्स प्राइम ई–बाइक एसआरएएम एक्स० ईगल टी–टाइप १२–स्पीड रियर डेरेलियर र फक्स फ्लोट ३२टीसी फ्याक्ट्री ५०एमएम एफआईटी४ सस्पेन्सन फोर्कको साथ आउने बताइएको छ। ई–बाइकको टायरहरूले प्रभावकारी रुपमा रोक्नको लागि भनेर मागुरा एमटीआई२–पिस्टन ब्रेकद्वारा समर्थित ग्रीप पनि प्रदान गर्ने उल्लेख छ। साथै ई–बाइक केटीएम अलुमी लाइट, रियर र्याक, लाइटमुभ एई–२०० हेडलाइट र एएक्सए जुनो एलईडी ब्रेक लाइट समावेश गरिएको बताइएको छ।
बाइकको तौल लगभग १७ किलोग्राम रहेको र यसले १२१ किलोग्राम सम्म कुल तौललाई अनुमति दिन सक्ने बताइएको छ। साथै युरोपमा यस ई–बाइकको मूल्य ८,१९९ यूरो (८,९२० डलर) रहेको उल्लेख छ।
प्रकाशित: २० असार २०८०, बुधबार