Technology Khabar १९ असार २०८०, मंगलवार
काठमाडौं ।
चीनको अग्रणी डिस्प्ले निर्माता ‘बीओई’ ले २०२३ मा आफ्नो लचिलो एमोलेड ढुवानीका लागि प्रभावशाली वृद्धि आँकलनको घोषणा गरेको छ।
आइटी होमद्वारा जुलाई ३ मा रिपोर्ट गरिएको कन्फ्रेन्स कलअनुसार, कम्पनीले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत भन्दा बढीको उल्लेखनीय वृद्धिका साथ लगभग ८० मिलियन इकाई फ्लेक्जिबल एमोलेड पठाउने अपेक्षा गरेको बताइएको छ।
बीओईले फ्लेक्जिबल एमोलेड बजारमा प्रभुत्व जमाउने आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दै १२० मिलियन भन्दा बढी युनिटहरूको महत्वाकांक्षी वार्षिक ढुवानी लक्ष्य तय गरेको उल्लेख छ। कम्पनीले फ्लेक्जिबल एमोलेड व्यापार भित्र हाई–इन्ड उत्पादन ढुवानीको अनुपात बढाउनमा ध्यान केन्द्रित गरेर यो लक्ष्य हासिल गर्ने योजना बनाएको हो। यसले पछि यसको उत्पादन पोर्टफोलियोको समग्र नाफा बढाउने उल्लेख छ।
फ्लेक्जिबल एमोलेडमा यसको प्रगतिको अतिरिक्त, बीओइले सवारी साधन डिस्प्ले व्यवसायमा उल्लेखनीय प्रगति गरेको बताइएको छ। कम्पनीले आफ्नो गाडीको डिस्प्ले उत्पादनहरूमा लचिलो एमोलेड, मिनि लेड र बीडी सेल जस्ता अत्याधुनिक डिस्प्ले प्रविधिहरू ल्याएको पनि बताइएको छ।
यसबाहेक, २०२२ मा उत्पादन सुरु गरेको बीओईको चेङ्दु सवारी साधन डिस्प्ले आधारले वार्षिक रूपमा लगभग १५ मिलियन गाडी डिस्प्लेहरू उत्पादन गर्ने अपेक्षा गरिएको छ। यो उत्पादन क्षमताले ५ इन्च देखि ३५ इन्च सम्मको एलसीडी सवारी साधन डिस्प्ले मोड्युलहरू समावेश गर्ने छ जसले अटोमोबाइल निर्माताहरूको लागि विकल्पहरूको विस्तृत दायरा प्रदान गर्ने उल्लेख छ।
इनोभेसन र वृद्दिको लागि बीओइको प्रतिबद्धतालाई ग्लोबल इनोभेसन पार्टनर्स सम्मेलन २०२३ मा थप जोड दिइएको बताइएको छ। कार्यक्रमको क्रममा, कम्पनीले आगामी तीन वर्षमा प्रविधि अनुसन्धान र विकासमा ५० अर्ब युआनभन्दा बढी लगानी गर्ने घोषणा गर्दै उक्त पर्याप्त लगानीले बीओइलाई डिस्प्ले टेक्नोलोजीहरूको अग्रणी प्रदायकको रूपमा आफ्नो स्थितिलाई बलियो बनाउँदै विशेष मार्केट सेगमेन्टअनुरूप १०० भन्दा बढी समाधानहरू सिर्जना गर्न सक्षम बनाउने बताइएको छ।
सम्मेलनमा अनावरण गरिएको स्ट्यान्डआउट आविष्कारहरू मध्ये एक बीओइको विश्वको पहिलो स्मार्ट ककपिट रहेको उल्लेख छ। बीओइले स्वतन्त्र रूपमा ककपिटको उपस्थिति, प्रदर्शन, हार्डवेयर बोर्डहरू, र सफ्टवेयर प्रणालीहरू विकास गर्नुलाई विशेष मानिएको छ। यसले उन्नत एआई प्रविधिहरू समावेश गर्नेछ, जसमा सिट बेल्ट पत्ता लगाउने, ड्राइभिङमा थकान पहिचान, र कार मालिकको पहिचान, सुरक्षा र ड्राइभिङ अनुभवहरूमा वृद्धि गर्न योगदान गर्ने बताइएको छ।
प्रकाशित: १९ असार २०८०, मंगलवार