चिनियाँ इभी कम्पनी एक्सपेङ्गद्वारा तीन लाख भन्दा बढी स्मार्ट इभी डेलिभरी

  • Technology Khabar | १८ असार २०८०, सोमबार
चिनियाँ इभी कम्पनी एक्सपेङ्गद्वारा तीन लाख भन्दा बढी स्मार्ट इभी डेलिभरी

काठमाडौं ।

चिनियाँ इभी निर्माता एक्सपेङ्गले जुन र २०२३ को दोस्रो त्रैमासिकको लागि आफ्नो सवारी साधन डेलिभरीको नतिजा घोषणा गरेको छ। घोषणामा कम्पनीले इभी बजारमा ३ लाख भन्दा बढी स्मार्ट इभीहरु डेलिभरी गरेको बताएको छ।

रिपोर्टका अनुसार, कम्पनीले जुनमा ८,६२० स्मार्ट इभी डेलिभरी गरेको छ।जुन अघिल्लो महिनाको तुलनामा १५ प्रतिशतले वृद्धि हो। दोस्रो त्रैमासिकका लागि कुल स्मार्ट इभी डेलिभरीहरू २३,२०५ इकाइहरू रहेका छन् जुन त्रैमासिक आधारमा २७ प्रतिसतको वृद्धि प्रतिनिधित्व गर्ने उल्लेख छ।

एक्सपेङ्गले उत्पादन सुरु गरेदेखि नै अब ३००,००० भन्दा बढी स्मार्ट इभीहरु वितरण गरेको बताइएको छ। कम्पनीको फ्ल्यागशिप पी ७ सेडान जून महिनामा ५,५९२ इकाइहरूको डेलिभरीको साथ यसको सबैभन्दा धेरै बिक्री हुने मोडल रहेको हो। नयाँ जी६ एसयूभीले बजारमा पहिलो महिनामा २,७४८ इकाइहरूको डेलिभरीको साथ बलियो सुरुवात गरेको थियो।

बलियो डेलिभरी नम्बरहरूको अतिरिक्त, एक्सपेङ्गले धेरै नयाँ पहलहरू पनि घोषणा गरेको उल्लेख छ। कम्पनीको  एआई भ्यालेट ड्राइभ मोड २०२३ को चौथो त्रैमासिकदेखि सुरु हुने सबै एक्सएनजीपी- सुसज्जित सवारी साधनहरूमा रोल आउट गरिने छ। यो मोडले प्रयोगकर्ताहरूलाई आफ्नो प्राथमिकताका आधारमा स्मार्ट ड्राइभिङ मार्गहरू अनुकूलित गर्न, ड्राइभिङलाई सुरक्षित र थप प्रभावकारी बनाउन अनुमति दिने बताइएको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...