
काठमाडौं ।
सञ्चालनमा आएको नयाँ नम्बरिङ रेन्जका मोबाइल नम्बरमार्फत कारोबार तथा भुक्तानीलगायतका काम गर्न समस्या देखिएकाले त्यसलाई खुलाउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।
९७० बाट सुरु हुने त्यस्ता नम्बरमा वन टाइम पासवर्ड (ओटिपी) नआएको, मोबाइल एप र वेबमा आधारित सेवा लिनका लागि साइन अप गर्दा समस्या भएको, वालेटहरूमार्फत कारोबार गर्दा प्राविधिक कठिनाइ भएको लगायतका गुनासो आएकाले उक्त मोबाइल नम्बरलाई पनि अन्य मोबाइल नम्बरसरह सेवा उपलब्ध गराउने व्यवस्था गर्न सरोकारवालालाई प्राधिकरणले आग्रह गरेको छ। गोरखापत्रबाट
प्रकाशित: १८ असार २०८०, सोमबार