
काठमाडौं ।
बीवाइडीको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इंकले बीवाईडी एट्टो ३ को सीमित संस्करणको घोषणा गरेको छ।
यो विशेष संस्करण आकर्षक फरेस्ट ग्रीन कलरमा उपलब्ध रहेको छ। कम्पनीकाअनुसार पहिले नै प्रभावशाली लाइनअप। यस सीमित संस्करणको १०० इकाइहरू ६६.८८ लाख रुपैयाँ मूल्यमा उपलब्ध हुनेछन्।
सिमित संस्करण एक प्रिमियम प्रस्ताव हो जसले विशिष्टता सुनिश्चित गर्दछ र विशिष्ट प्रकृति प्रतिबिम्बित गर्दछ। यस सिमित संस्करण रोज्ने ग्राहकहरुले द्यथ्म् ब्त्त्इ घ को उत्कृष्ट कार्यसम्पादन र विश्वसनीयताको आनन्द लिनुका साथै सडकमा आफ्नो व्यक्तित्व र शैली पनि प्रदर्शन गर्नेछन्।
“हामी नेपाली बजारमा द्यथ्म् ब्त्त्इ घ को सिमित संस्करणमा फरेस्ट ग्रीन पेश गर्न पाउँदा उत्साहित छौं” साइमेक्स इन्कका नेशनल सेल्स हेड आशुतोष गौतम भने, “यो विशेष संस्करणले हाम्रा मूल्यवान ग्राहकहरुलाई अद्वितीय र प्रिमियम प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई प्रतिनिधित्व गर्दछ। यसको मनमोहक रंग, उन्नत सुविधाहरु र असाधारण दायराका साथ, हामी विश्वास गर्छौं कि सिमित संस्करणको द्यथ्म् ब्त्त्इ घ ले अपेक्षाहरु परा गर्नेछ र वास्तवमै उल्लेखनीय ड्राइभिङ अनुभव प्रदान गर्नेछ।”
यस सिमित संस्करणका फरेस्ट ग्रीन १०० इकाइ सुरक्षित गर्न चाहाने ग्राहकले कम्पनीको आधिकारिक वेवसाइटमार्फत बुक गर्नुपर्ने जनाएको छ।
प्रकाशित: १६ असार २०८०, शनिबार