
काठमाडौं ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नयाँ नियुक्ती गरेको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले राजापुर ५ बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
जेठ ३१ गतेदेखि उक्त पद रिक्त रहेको थियो। सरकारले यसको लागि सिफारिस समिति गठन गरेर आवेदन माग गरेको थियो। जसमा अधिकारीसहित ५ जनाको दरखास्त परेको थियो।
अधिकारीले अब उक्त पदमा रहेर प्राधिकरण बोर्ड सदस्यको रुपमा ५ वर्ष काम गर्नेछन्।
प्रकाशित: १२ असार २०८०, मंगलवार