स्मार्टफोनमा हटाउन मिल्ने ब्याट्री फेरि आउने, ईयूले पास गर्यो नयाँ कानून

  • Technology Khabar | ३ असार २०८०, आईतवार
स्मार्टफोनमा हटाउन मिल्ने ब्याट्री फेरि आउने, ईयूले पास गर्यो नयाँ कानून

काठमाडौं ।

आज बजारमा उपलब्ध सबै स्मार्टफोनहरु हटाउन नसकिने ब्याट्रीसँग आउँछन्। त्यसैले, फोनबाट ब्याट्री हटाउन एक विशेष उपकरण आवश्यक हुन्छ। तर अब एक पटक फेरि हटाउन सकिने ब्याट्रीहरू मोबाइल फोनमा आउन सक्नेछन्।

युरोपेली युनियनले यस सन्दर्भमा कानून पारित गरेको छ र ५८७ सदस्यले यस सम्बन्धमा मतदान गरेका छन् भने ९ संसदीय सदस्यले मात्रै यस कानूनलाई विरोध गरेका छन्। मोबाइल फोन कम्पनीहरूले खोल्नका लागि विशेष उपकरण आवश्यक पर्ने स्मार्टफोन बिक्री नगर्न नयाँ नियम पारित गरिएको हो।

हाल, यो कानून युरोपियन युनियनमा पारित भइसकेको छ र यहाँका प्रयोगकर्ताहरूले आगामी दिनमा स्मार्टफोनको ब्याट्री सजिलैसँग बदल्न सक्नेछन्।

तर ईयूले पास गरेको नयाँ कानुन आजबाट ३ वर्षपछि मात्र लागु हुने भएको छ। अर्थात् २०२७ देखि युरोपियन युनियनका स्मार्टफोनहरूमा हटाउन सकिने ब्याट्रीहरू उपलब्ध हुनेछन्। अब यो हेर्न रोचक हुनेछ कि स्मार्टफोन निर्माता कम्पनीहरूले युरोपेली संघको यो निर्णयलाई कस्तो प्रतिक्रिया दिन्छन्। युरोपियन युनियनले पनि यो कानून ई-वेस्ट कम गर्न सकियोस् र वातावरणलाई हानि हुनबाट बचाउन सकियोस् भनेर ल्याएको हो।

ईयूले मोबाइल चार्जर वा ब्याट्री सम्बन्धी कानून बनाएको यो पहिलो पटक होइन। यसअघि युनियनले गत वर्ष युएसबी टाइप–सी चार्जिङ पोर्टसँग सम्बन्धित नियम पारित गरेको थियो ।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...