
काठमाडौं ।
अमेरिकामा १७ संगीत प्रकाशकहरूको समूहले ट्विटर विरुद्धा मुद्दा दायर गरेका छन्। ट्विटरमा समावेश करि १ हजार ७०० गीतहरूले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको दाबी सहित मुद्दा दायर गरिएको हो।
नेस्नल म्यूजिक पब्लिसर एसोसिएशन (एनएमपीएस)ले २५० मलियन अमेरिकी डलर भन्दा बढीको क्षतिपूर्ति दाबी गरेको छ।
न्यासभिलको संघीय जिल्ला अदालतमा दायर गरिएको मुद्दामा, एनएमपीएले ट्विटरले नाफाको लागि “उल्लंघनलाई अनुमति र प्रोत्साहन दिने“ दाबी गरेको छ।
इलन मस्कले कम्पनी किने पछि स्थितिमा सुधार नभएको बताइएको छ
सोनी म्युजिक पब्लिसिङ, बीएमजी राइट्स म्यानेजमेन्ट र युनिभर्सल म्युजिक पब्लिसिङ ग्रुपलगायत फर्महरूको प्रतिनिधित्व गर्ने एनएमपीएले ट्वीटरले “आवश्यक इजाजतपत्र शुल्क नतिरिकन लाइसेन्स नभएको सङ्गीतको उपलब्धताबाट ठूलो नाफा कमाएको“ आरोप लगाएको छ।।
यो उल्लङ्घनले ट्विटरलाई टिकटक, फेसबुक, इन्स्टाग्राम, यूट्यूब र स्न्यापच्याट लगायतका प्रतिस्पर्धीहरूमाथि “अनुचित लाभ“ दिएको छ जसले संगीत लाइसेन्सको लागि भुक्तान गरेका छन्।
ट्विटर “सबैभन्दा ठूलो सामाजिक मिडिया प्लेटफर्मको रूपमा एक्लै खडा छ। जसले यसको सेवामा लाखौं गीतहरूको इजाजतपत्र लिन पूर्ण रूपमा अस्वीकार गरेको छ,“ एनएमपीएका अध्यक्ष डेभिड इजरायलले विज्ञप्तिमा भने।
ट्वीटरले टिप्पणीको लागि बीबीसीको अनुरोधलाई सीधा प्रतिक्रिया नदिएको बताइएको छ।
गत वर्ष विश्वका सर्वाधिक धनि व्यक्ति इलन मस्कले ४४ बिलियन अमेरिकी डलरमा ट्विटर किनेका थिए।
एनएमपीएले भन्यो, “ट्विटरको स्वामित्वमा अक्टोबर २०२२ मा परिवर्तनले प्रतिलिपि अधिकारको सन्दर्भमा कसरी कार्य गर्दछ भन्नेमा सुधार ल्याउन सकेको छैन।“
प्रकाशित: १ असार २०८०, शुक्रबार