डिशहोम र ओ एस आर डिजिटल बिच सहकार्य

  • Technology Khabar | २८ जेष्ठ २०८०, आईतवार
डिशहोम र ओ एस आर डिजिटल बिच सहकार्य

काठमाडौं ।

नेपाली चलचित्रको प्रबर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम बिच सहकार्य गर्ने सम्झौता भएको छ।

ओ एस आर डिजिटलसंग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ। ओ एस आर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन्।

कम्पनीकाअनुसार यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सक्नेछन् भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...