Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार
काठमाडौं ।
भोल्भोले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ईएक्स३० सार्वजनिक सार्वजनिक गरेको छ।
भोल्भोको चौथो ईभीले २०३० सम्ममा अल इलेक्ट्रिकमा जाने कम्पनीको योजनालाई थप बल प्रदान गरेको इनग्याजेडले उल्लेख गरेको छ।
भोल्भो ईएक्स अमेरिकामा प्रि–अर्डरको लागि ३४ हजार ९५० अमेरिकी डलरमा उपलब्ध छ। अर्को वर्ष क्रस–कन्ट्री भेरियन्ट लन्च हुँदैछ।
ईएक्स३० भोल्भोको सी४० र एक्ससी४० भन्दा धेरै सस्तो छ। दुबैको सुरुवाती मूल्य करिब ५५ हजार अमेरिकी डलर छ।
ईएक्स३० सिंगल मोटर एक्सटेन्टेड रेञ्ज वा ट्विन मोटर पर्फमेन्समा उपलब्ध छ। ईभी साढे २५.६ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छन्। यसमा ६४ किलोवाट आवर यूजेबल ब्याट्री र २६८ रियल हर्सपावर छ। साथै यसमा ३१.९ क्यूबिक फिट बुट स्पोस छ।
सिंगल मोटर रियल ह्वील ड्राइभले २७५ माइल माइलको अनुमानित रेञ्ज प्रदान गर्छ। २५३ एलबीएस पाउण्ड फिट टर्कका साथ ५.१ सेकेन्डमा ० देखि ६० माइलको गति लिन्छ।
ट्विन मोटर २६५ माइलको रेञ्ज भएको अल ह्वील ड्राइभ हो। ४०० पाउण्ड फिट टर्कका साथ ३.६ सेकेन्डमा ० देखि ६० माइल गति लिन सक्षम छ। ट्विन मोटरले अधिकतम १५४ हर्सपावर उत्पादन गर्छ।
ईएक्स३० पाँच कलरमा उपलब्ध छ।
प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार