काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन प्रस्ताव गर्ने समय अवधि थप

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन प्रस्ताव गर्ने समय अवधि थप
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले  “काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन” ( केएमआईआई २०८०) को लागि प्रस्ताव गर्ने समय अवधि थप गरेको छ।आफ्नो आधिकारीक वेबसाइट मार्फत काठमाडौँ महानगरले जानकारी दिएको हो।

देशभरका नवप्रवर्तक, उद्यमी तथा व्यवसायीहरुको सिप तथा ज्ञान अभिवृद्धि गर्दै देशव्यापी रुपमा नवप्रर्वतन, स्टार्टअप र उद्यमशीलतालाई लगानीकर्ताहरुसँग जोड्ने उद्देश्यले काठमाडौँ महानगरले काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन कार्यक्रम थालनी गर्न लागेको हो।

यसअघि महानगरपालिकाले कार्यक्रममा प्रस्ताव पेश गर्ने समय जेठ १९ गते सम्मको लागी तोकेकोमा सोच निर्माण, परियोजना पत्र तयारी लगायत विषयमा थप समय आवश्यक माग भएको भन्दै अब जेठ २९ गतेसम्म प्रस्ताव पेश गर्ने समय थप गरिएको बताएको हो।

सहरी पूर्वाधार विकास र व्यवस्थापन, समुदाय र वातावरण, सहरी सेवा सुविधा (स्वास्थ्य, शिक्षा, सुरक्षा, राजस्व प्रणाली ) व्यवस्थापन, आर्थिक सामाजिक विकास जस्ता क्षेत्र र सरल सहरी जीवनका लागि नविनतम प्रविधिको प्रयोग तथा आविष्कार सम्बन्धी सोच तथा परियोजना अपेक्षाको साथ कार्यक्रमको सुरुवात भएको थियो।

आइडीया हुनेहरुले व्यवसाय, स्टार्टअप, वा साना, घरेलु तथा लघु उद्योगमार्फत यो कार्यक्रममा जोडिन सकिने बताइएको छ। स्टार्टअप कम्पनी, विद्यार्थी, उद्यमी, व्यवसायीहरुलाई (एकल वा बढीमा ४ जनाको समुहमा) प्रस्ताव पेश गर्नुहुन समेत महानगरपालिकाले अनुरोध गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार