
काठमाडौं ।
एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२३ कार्यक्रम मंगलबार बेलुका आयोजना हुँदै छ। सोहि क्रममा कम्पनीले उक्त कार्यक्रममा घोषणा गर्न सक्ने सम्भावना रहेका विषय–वस्तुहरुको बारेमा विभिन्न लीकहरू आएकोछ।
सबैभन्दा चाखलाग्दो विषयहरू मध्ये एक -एप्पलले “हे सिरी” ट्रिगर फ्रेज (वाक्यांश) लाई निरन्तरता नदिने वा बन्द गर्ने बताईएको छ। हाल, पावर बटन थिचेर होल्ड गरेपछि वा “हे सिरी” भनेर सिरी एक्टिभेट गर्न सकिने उल्लेख छ।
यद्यपि, नयाँ अफवाहरुका अनुसार एप्पलले अब यसलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
एप्पल उत्पादनहरूको बारेमा आउने लीकहरु सामान्यतया मार्क गुरम्यानको तर्फबाट हुने गरेको र उक्त लीकहरुको जिम्मेवार गुरम्यान हुने गरेको बताइएको छ। प्रायः एप्पलको रहस्यहरू खुलासा गर्नका लागि प्रसिद्ध रहेका गुरम्यानले “हे सिरी” कमाण्ड फेज आउट हुन सक्ने दावी गरेका छन्।
एप्पलले कथित रूपमा “हे सिरी“ वाक्यांश ड्रप गर्ने छोड्ने योजना गरिरहेको उल्लेख छ। परिवर्तनले प्रयोगकर्ताहरूलाई पहिलो शब्द नभनी ह्यान्ड्स–फ्री रुपमा “सिरी” भनेर सिरीलाई बोलाउन अनुमति दिने बताइएको छ। साथै यो परिवर्तन सिरीको एक्यूरेसी र रेसपोन्सिभनेस (शुद्धता र प्रतिक्रियाशीलता) सुधार गर्न एप्पलको ठूलो प्रयासको हिस्सा भएको बताइएको छ।
कम्पनीले सिरीलाई थप प्राकृतिक र प्रयोगकर्ता–मैत्री बनाउने तरिकाहरूमा काम गरिरहेको र यो परिवर्तन त्यस दिशामा महत्त्वपूर्ण कदम हुने उल्लेख गरिएको छ।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार