गण्डकी प्रदेशले युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउने

Technology Khabar २२ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

गण्डकी प्रदेश सरकारले युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउने भएको छ। गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा डिजिटल गण्डकी प्रदेश कार्यक्रम अन्तरगत युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाईलाई जोड दिइने बताइएको छ।

गण्डकी सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनमा प्रस्तुत गरेका हुन्।

‘प्रदेशको आवश्यकता अनुसार अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिइनेछ। यसका साथै प्रविधिमैत्र साक्षरताका कार्यक्रमहरु सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘डिजिटल गण्डकी प्रदेश कार्यक्रम अन्तरगत युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाईलाई जोड दिइनेछ।’

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया