अब आइएमई पे मा जम्मा रु.१४ मा आईफोन १४ जित्ने मौका

  • Technology Khabar | १८ जेष्ठ २०८०, बिहीबार
अब आइएमई पे मा जम्मा रु.१४ मा आईफोन १४ जित्ने मौका

काठमाडौं ।

‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० गते सम्म, डेढ महिना चल्ने छ।

सो अफरमा ग्राहकले आइएमई पे को ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन्। यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने बताईएको छ।

आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...