ओप्पोका रेनो १० सिरिजमा तीनओटा स्मार्टफोन मलेसियाबाट ग्लोबल लन्च हुँदै

Technology Khabar १३ जेष्ठ २०८०, शनिबार

काठमाडौं ।

ओप्पो रेनो १० श्रृंखला अब विश्वव्यापी लन्चको बाटोमा रहेको छ। गत हप्ता, ओप्पो रेनो १०, रेनो १० प्रो, र रेनो १० प्रो प्लस चिनियाँ बजारमा आधिकारिक रूपमा आएका थिए। यी तीन डिभाइस मलेसियाको ‘एसआईआरआईएम ’ प्रमाणीकरण प्लेटफर्मद्वारा अनुमोदन गरिएको छ।

‘एसआईआरआईएम ’ प्रमाणिकरणको स्क्रिनसटमा सिपीएच २५३१ मोडेल नम्बरको साथ रेनो १०, सिपीएच २५३१ मोडेल नम्बरको साथ रेनो १० प्रो, र सिपीएच २५२१ मोडेल नम्बरको साथ रेनो १० स्रो प्लस देख्न सकिने तथा मलेशियन प्राधिकरणको डाटाबेसमा देखा परेको बताईएको छ। रेनो १० शृङ्खलाको ‘एसआईआरआईएम’ सूचीमा तिनीहरूको स्पेसिफिकेशनको बारेमा कुनै जानकारी नभएको बताइएको छ।

यद्यपि, चिनियाँ समकक्षहरूमा उपलब्ध रहेका तीन फोनहरूले एउटै विशेषताहरू प्याक गर्न सक्ने अनुमान गरिएको छ। ‘एसआईआरआईएम ’ बाहेक, रेनो १० श्रृंखला भारत, इन्डोनेसिया, सिंगापुर र यूएईमा पनि अनुमोदन भएको छ।

ओप्पो रेनो १०, रेनो १० प्रो, र रेनो १० प्रो प्लसमा ६.७४ इन्च एमोलेड कर्भ एज डिस्प्ले रहेको छ जसले १.५ के प्लस रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट र इन स्क्रिन फिंगरप्रिन्ट स्क्यानर प्रदान गर्ने पनि बताइएको छ। यो श्रृंखला एन्ड्रोइड १३ ओएस र कलरओएस १३.१ मा चल्नेछ। तीन ओटै फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।

रेनो १० मा स्न्यापड्रयागन ७७८ जी चीपसेट, एलपिडिडिआर ४ एक्स/५ को १२ जिवी सम्म, यूएफएस २.२/३.१ भण्डारणको २५६ जीबीसम्म, तथा ८० वाट चार्जिङको साथ ४६०० एमएएच ब्याट्री रहेको बताइएको छ। यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा प्लस ८ मेगापिक्सेल अल्ट्रा-वाइड प्लस ३२ मेगापिक्सेलको टेलीफोटो ट्रिपल क्यामरा युनिट रहेको छ।

रेनो १० प्रो मा डाइमेन्सिटी ८२०० एसओसी रहेको छ भने रेनो १० प्रोमा स्न्यापड्रागन ८ जेन १ चिप रहेको छ। दुबै स्मार्टफोनले १६ जीबीको एलपिडिडिआर ५, ५१२ जीबीसम्म यूएफएस ३.१ स्टोरेज, तथा (रेनो १० प्रोमा ८० वाट) १०० वाट चार्जिङको साथ ४६०० एमएएच ब्याट्री प्रदान गर्नेछ।

रेनो १० प्रोमा ५० मेगापिक्सेल ( मुख्य क्यामराका साथ ८ मेगापिक्सेल (अल्ट्रा वाइड ) प्लस ३२ मेगापिक्सेल (टेलीफोटो) ट्रिपल क्यामरा युनिट रहेको छ।

पछाडि, रेनो १० प्रो प्लसमा ५० मेगापिक्सेल (मुख्य, ओआईएससंग) प्लस ८ मेगापिक्सेल (अल्ट्रा वाइड ) प्लस ६४ मेगापिक्सेल (पेरिस्कोप लेन्स ) ट्रिपल क्यामरा प्रणाली रहेको पनि बताइएको छ।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया