ताजा समाचार

चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै

चालक अनुमतिपत्र नवीकरण पाल्पाबाटै
Global IME Bank

चालक अनुमतिपत्र नवीकरणको काम पाल्पाबाट नै हुने भएको छ। बिहीबारदेखि पाल्पाको तानसेनबाटै चालक अनुमतिपत्रको नवीकरण गर्ने सेवा सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय तानसेनले जनाएको हो।

सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल सवारी चालक अनुमति पत्र र निरोगिताको प्रमाणपत्र ल्याएको खण्डमा चालक अनुमति पत्रको नवीकरण गरिने कार्यालयका प्रमुख केशव सुनारले बताए। यसअघि छिमेकी जिल्ला रुपन्देहीबाट सवारीचालक अनुमति पत्रको नवीकरण हुँदै आएको थियो।

चालक अनुमतिपत्रको नवीकरण पाल्पाबाटै हुने भएपछि यस भेगका हजारौँ सेवाग्राहीले सेवा पाउन सहज भएको छ। पाल्पामा सवारी चालक अनुमतिपत्रको नवीकरण नहुँदा हैरानी खेप्दै बुटवललगायतका स्थानमा जानुपर्ने बाध्यता थियो।

यस्तै, यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाटै नयाँ सवारीचालक अनुमतिपत्र प्रदान गर्न ट्रायल सेन्टरसमेत तयार भएको जनाएको छ।

तानसेन-७, बाँसटारीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा ट्रायल सेन्टर निर्माणको काम सकिएको छ। अब तत्कालै लाइसेन्स समेत पाल्पाबाटै वितरणको काम गरिने कार्यालयले जनाएको छ।

Sajilo Visa
easy care