
काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले एक भाषणमा धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईलाई बौलाहा मेयर भनेको भिडियो सार्वजनिक भएपछि राईले प्रतिक्रिया दिएका छन्।
मेयर राईले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ। अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’
एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।
अब आउने चुनाबमा यस्लाई जनताले देखाइदिनेछन्।????????????— . (@mayor_harka) May 20, 2023
शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले भाषण गर्दै धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए।
धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए।
प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार