पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ गतेदेखि

  • Technology Khabar | ७ जेष्ठ २०८०, आईतवार
पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ गतेदेखि

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ फाइनलको नयाँ मिति तोकिएको छ। अब पीएमपीएल साउथ एशिया च्याम्पियनसिपको फाइनल जेठ ११ देखि १४ गतेसम्म आयोजना हुनेछ।

यस अघि पाकिस्तानमा इन्टरनेटमा समस्या उत्पन्न भएकाले पूर्व घोषित समयमा प्रतियोगिता आयोजना हुन सकेको थिएन। फाइनल बैंशाख २८ गतेदेखि आयोजना गर्ने तय थियो र पाकिस्तानमा उत्पन्न तनवका कारण इन्टरनेटमा समस्या आएको थियो।

इन्टरनेटको माध्यमबाटै खेल खेलिने भएकाले सबै प्रतियोगिलाई समान अवसर प्रदान गर्न पूर्व घोषित मितिमा प्रतियोगिता आयोजना गरिएको थिएन। हाल पाकिस्तानमा इन्टरनेटको समस्या हल भइसकेकाले प्रतियोगिताको नयाँ मिति तय गरिएको हो।

एक लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार राशी रहेको प्रतियोगितामा नेपाल, पाकिस्तान र मंगोलियाका टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल र मंगोलियाका समान ५/५ टिम र पाकिस्तानका ६ टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन्।

पीएमपीएल साउथ एशिया च्याम्पियनसिप स्प्रिङ २०२३ को लिग चरणमा शीर्ष १६ स्थानमा रहन सफल टिमबीच फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। लिग चरणमा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए। लिग चरणबाट नेपाल र पाकिस्तानका दुई/दुई टिम फाइनलको यात्रा बनाउनबाट बञ्चित भएका हुन्।

विजेताले २६ हजार अमेरिकी डलर प्राप्त गर्नुका साथै पब्जी मोबाइल वर्ल्ड लिग इन्भिटेस्नलका लागि छनोट हुनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरुले अंक तालिकाका आधारमा पुरस्कार रकम प्राप्त गर्नेछन्।

लिग चरणको विजेता मंगोलियाको स्टलवार्ट इस्पोर्ट्स बनेको थियो।

प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ७ जेष्ठ २०८०, आईतवार