
काठमाडौं ।
सरकारले हाइड्रोजन इन्धनको उत्पादन र प्रयोगको अध्ययन गर्ने भएको छ। कार्बन न्यूट्रल हुने योजनाअनुसार सरकारले हरित उर्जालाई प्राथमिकता दिने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै उक्त घोषणा गरे।
उनले हाइड्रोजन इन्धनको उत्पादन र प्रयोगको अध्ययन अनुसन्धान गर्ने घोषणा गरे।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हाइड्रोजन गाडि चढ्ने घोषणा गरेका थिए । यदपी हाइड्रोजन उर्जा र हाइड्रोजन इन्धनयुक्त सवारी विश्वमै प्रारम्भिक चरणमा छ।
प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार