अमेरिकी बजारमा मोपेड शैलीको रेजर र्याम्बलर २० ई-बाइक घोषणा

  • Technology Khabar | २३ बैशाख २०८०, शनिबार
अमेरिकी बजारमा मोपेड शैलीको रेजर र्याम्बलर २० ई-बाइक घोषणा

काठमाडौं ।

रेजरले वयस्कहरूको लागि अमेरिकी बजारमा नयाँ मोपेड–स्टाइल (शैलीको) इलेक्ट्रिक स्कुटरको घोषणा गरेको छ। रेम्बलर लाइनअपमा रेजर र्याम्बलर २० सबैभन्दा नयाँ मोडल र स्लिक (पातलो) भएको बताइएको छ।

र्याम्बलर २० रेट्रो–इन्सपायर्ड (प्रेरित) फ्रेमको साथमा ठूला बेलुन टायर र प्याडेड बेन्च सीट रहेको छ। साथै यस संयोजनले सधैं आरामदायी सवारी प्रदान गर्ने उल्लेख गरिएको छ। र्याम्बलर २० को क्लास २ ई–बाइक वर्गीकरण रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

र्याम्बलर २० एक स्मार्ट, भर्सटाइल र केही हद सम्म मेन्टेनेन्स–फ्रि (मर्मत–रहित) इलेक्ट्रिक बाइक भएको उल्लेख गरिएको छ। यसको फ्रेममा मिन्ट र चकलेट कोटिङ्ग रहेको र यसलाई दैनिक सहरी कम्युट्सका साथै कहिलेकाहीँ छोटो इन्टर–सिटि मुभमेन्टको लागि पनि प्रयोग गर्न सकिने बताइएको छ।

र्याम्बलर २० मा कार्यात्मक (फङ्गसनल) पेडलहरू रहेका छन् भने यसको उच्च गति ३२ किमी/घन्टा रहेको छ। यस स्कुटरमा ५०० वाटको मोटर जडान गरिएको छ र यसले पाँच तहको पेडल सहायता प्रदान गर्ने उल्लेख गरिएको छ। साथै उक्त पेडल सहायताको पाँच तहले राइडरलाई अधिकतम ३२ किलोमिटर प्रति घन्टासम्मको क्रुजिङ गति छनोट गर्न अनुमति दिने उललेख गरिएको छ।

रेजर र्याम्बलर २० मा समावेश गरिएको ली-अन ब्याट्रीले पूर्ण चार्ज गरिएको खण्डमा २६.७ किमी को रेन्ज प्रदान गर्ने बताइएको छ। यस ई–बाइकको अगाडि र पछाडि रहेका मेकानिकल डिस्क ब्रेकले बाइकलाई नियन्त्रण गर्न मद्दत गर्ने उल्लेख गरिएको छ। राइडर भिजीबीलिटीलाई एलईडी हेडलाइट र टेललाइटको साथ बढाइएको छ भने बाइकमा रहेको ड्यासबोर्डले बाइकको गति, ब्याट्री लाइफ र पावर लेभल देखाउँछ। र्याम्बलर २० ले र्याम्बलर १२ र र्याम्बलर १६ हरुले भन्दा धेरै शक्ति प्रदान गर्ने बताइएको छ।

रेजर र्याम्बलर २० ई–बाइक बेस्टबाइबाट ९९९ डलरमा खरिद गर्न सकिने छ। साथै भौतिक र अनलाइन बेस्टबाइ स्टोरहरूमा पनि बाइक उपलब्ध भएको बताइएको छ।

प्रकाशित: २३ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार