एप्पलले थप ९० अर्ब डलरमा आफ्नै शेयर फिर्ता खरिद गर्ने

  • Technology Khabar | २३ बैशाख २०८०, शनिबार
एप्पलले थप ९० अर्ब डलरमा आफ्नै शेयर फिर्ता खरिद गर्ने

काठमाडौं ।

एप्पलले आफ्नो दोस्रो वित्तीय त्रैमासमा कम राजस्वको लगातार दोस्रो रिपोर्ट गरेको छ। मार्चसम्मको तीन महिनाको कारोबारमा वार्षिक रूपमा ३ प्रतिशतले घटेर ९४.८ बिलियन डलर भयो।

खुद आम्दानी पनि ३ प्रतिशतले घटेर २४.२ बिलियन अमेरिकी डलरमा पुगेको छ, जसमा इपीएस १.५२ अमेरिकी डलरमा रहेको छ र यसमा एप्पलले “चुनौतीपूर्ण समष्टि आर्थिक वातावरण” भएको बताएको छ।

यद्यपि, कम्पनीले आफ्नो त्रैमासिक लाभांश ४ प्रतिशतले बढाएर प्रति सेयर ०.२४ अमेरिकी डलर पुर्याएको छ र थप ९० अर्ब अमेरिकी डलर सेयर खरिद गर्न खर्च गर्ने जनाएको छ।

प्रकाशित: २३ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार