
काठमाडौं ।
माइक्रोसफ्टले नयाँ एआई संचालित बिंग सर्च इन्जिन पूर्वावलोकनको लागी खुला हुने र अब कुर्नु नपर्ने घोषणा गरेको छ। साथसाथै कम्पनीले बिंग च्याटका केही नयाँ फिचरहरु तथा तस्विर निर्माणका यसका सक्षमताहरु पनि सार्ववनिक गरेको छ।
बिंगले अझै धेरै विस्तृत जवाफका लागी थप चार्ट, ग्राफ तथा अपडेट फर्मेटिङ समावेश गरेको बताइएको छ। माईक्रोसफटका अनुसार बिंगबाट खोजेका जानकारीहरु प्राप्त गर्न अझै सहज हुनेछ। बिंग च्याटमा कुराकानीहरु चाँडैनै च्याट हिस्ट्रीमार्फत प्राप्त गर्न सकिने तथा त्यसलाई प्रयोगकर्ताले सजिलै सेयर र एक्सपोर्ट गर्न सकिने पनि बताइएको छ।
प्रयोगकर्ताले बिंग च्याटको उक्त फिचर मार्फत सजिलै पहिलेको च्याटमा फर्किन सक्ने बताइएको छ।च्याट जीपीटी प्लसका सदस्यहरुले रमाइलो गर्ने प्लगइन जस्तै माईक्रोसफ्टले पनि विकासकर्ताहरुलाई बिंग च्याटको अनुभवका लागि तेस्रो पक्षिय प्लगइन निर्माण गर्न दिइरहेको पनि बताएको छ। माइक्रोसफ्टले एज कार्यहरु बारे प्रकाश पार्दै आफुले हेर्न चाहेका चलचित्रहरु पनि साइडबारको च्याटमा रहेको विकल्पमार्फत हेर्न सकिने बताएको छ।
त्यस्तै माइक्रोसफटले एजमा लामा पिडीएफहरु तथा लामा फर्महरु समेत सुधार गर्ने तथा इमेज क्रिएटरलाई बिंगमा १०० भन्दा बढि भाषामा फैलाईएको जसले गर्दा प्रयोगकर्ताहरूलाई तस्विरहरू अपलोड गर्न र बिंग सम्बन्धित सामग्रीको लागि वेब खोज्न सहज हुने पनि बताइएको छ।
प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार