
काठमाडौं ।
एप्पल आइफोनसँग जोडिएको नयाँ विवाद सार्वजनिक भएको छ, जसमा टेक्नोलोजी फर्ममाथि गम्भीर आरोप लगाइएको छ। एप्पलविरुद्ध बेलायतमा २ अर्ब डलरको मुद्दा दायर गरिएको छ।
एप्पलले आफ्ना उत्पादनहरूमा प्रयोग हुने खराब ब्याट्री ग्राहकहरूबाट लुकाएको आरोप छ। तर, एप्पलले आफ्ना पुराना आइफोनको कार्यसम्पादनमा कमी भएको स्वीकार गर्दै यसका लागि करोडौं रुपैयाँ जरिवाना समेत तिरेको छ।
नयाँ मुद्दा दायर भएसँगै यस्तो देखिन्छ कि ब्याट्री र कार्यसम्पादन सम्बन्धी समस्याहरूले एप्पललाई यति वर्ष पछि छोडेको छैन।
रोयटर्सको रिपोर्टका अनुसार यस पटक एप्पलले लाखौं आईफोनमा खराब ब्याट्री लुकाउने प्रयास गरेको छ। जस्टिन गुटम्यानले एप्पलविरुद्ध यो मुद्दा दायर गरेका हुन्। गुटम्यानलाई बेलायतमा उपभोक्ता च्याम्पियन पनि भनिन्छ। एप्पललाई १.६ बिलियन पाउण्ड ब्याज सहित क्षतिपूर्ति तिर्न भनिएको छ। कम्पनी विरुद्धको आरोपमा एप्पलले सफ्टवेयर अपडेट मार्फत फोनको कार्यसम्पादन सुस्त बनाएको भन्दै खराब ब्याट्रीको विषय लुकाउने प्रयास गरिएको जनाएको छ।
तर, एप्पलले आफूमाथि लगाइएका सबै आरोपलाई खण्डन गर्दै अधिकांश फोनको ब्याट्रीमा कुनै खराबी नभएको, आईफोन ६ एस मोडलका केही युनिटमा मात्रै समस्या भएको बताएको छ। यसका लागि कम्पनीले आईफोन ६ एसमा खराबी भएका ग्राहकलाई नि:शुल्क ब्याट्री प्रतिस्थापन गर्ने प्रस्ताव गरेको थियो। रिपोर्टमा भनिएअनुसार यसले गर्दा एप्पल आईफोन ६ एसको कार्यसम्पादनमा १० प्रतिशतको कमी आएको छ।
ब्याट्री समस्याहरू लुकाउन एप्पल आईफोनको परफरमेन्श डाउनग्रेड गर्ने पहिलो उदाहरण सन् २०१६ मा भेटिएको थियो, जब आईफोन ६, आईफोन ६एस र आईफोन ७ का प्रयोगकर्ताहरूले सुस्त डिभाइसहरूको बारेमा गुनासो गरे। पछि थाहा भयो कि फोनको ब्याट्री लामो समय टिक्न अर्थात फोनको ब्याट्री लाईफ बढाउन सकियोस् भनेर आईफोनको पर्फमेन्स घटाइएको थियो। यो अपडेट आईओएसको सफ्टवेयरमा थपिएको थियो जसले गर्दा पुराना आईफोनहरूको ब्याट्री धेरै दिन प्रयोग गर्न सकोस् भन्ने कुराको आरोप एप्पलले पछि स्वीकार गर्यो।
यस मामिलामा एप्पललाई अमेरिकामा ५० करोड डलर जरिवाना पनि लगाइएको थियो। हालको मामलामा, गुटम्यानले लन्डनको प्रतिस्पर्धा न्यायाधिकरणमा एप्पल विरुद्ध मुद्दा चलाउन आग्रह गरेका छन्। तर, यस विषयमा निर्णय आउन बाँकी छ।
प्रकाशित: २१ बैशाख २०८०, बिहीबार