
काठमाडौं ।
भारत सरकारले मंगलबार नयाँ ब्याचको एप्समाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको सूचीमा १४ एप्लिकेसनहरू समावेश रहेको उल्लेख गरिएको छ।
उक्त सूचीमा रहेका १४ मध्ये १३ एप्लिकेसनहरू (सेक्यूअर मेसेजिङ्ग (सुरक्षित सन्देशहरू) को लागि मात्र प्रयोग गरिने र त्यसले फोटो, भिडियो र कुराकानीहरू भण्डारण गर्न समर्थन गर्ने बताइएको छ।
यस पटक, प्रतिबन्धको आधिकारिक कारण भनेको एपहरू जम्मु र कश्मीर केन्द्र शासित प्रदेशमा आतंक फैलाउन र प्रचार गर्न प्रयोग गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
नयाँ प्रतिबन्धित १४ एपहरूको पूर्ण सूचीः
एपहरूलाई भारतको आईटी कानूनको धारा ६९ए को अनुपालनका आधारमा प्रतिबन्धित गरिएको थियो। एक सरकारी प्रवक्ताले ओभरग्राउन्ड कामदारहरू (आतंकवादीहरूलाई लजीस्टिक, नगद वा आश्रयमा मद्दत गर्ने मानिसहरू) र आतंककारीहरूले आपसमा कुराकानी गर्न सूचीबद्ध एपहरू प्रयोग गरेको बताएको उल्लेख छ।
भारतीय एजेन्सीहरूले ती मोबाइल एपको भारतमा प्रतिनिधि नभएको र एपमा हुने गतिविधिहरू ट्र्याक गर्न गाह्रो भएको दाबी गरिएको छ।
एपहरू अझै पनि गुगल प्ले र एप स्टोरमा उपलब्ध भएको तर तिनीहरूलाई आगामी दिनहरूमा विकासकर्ताहरूले हटाउने सम्भावना रहेको बताइएको छ। यस प्रतिबन्धले पहिले नै एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई प्रयोग गर्नबाट भने रोक्न नसकिने तर भविष्यमा आधिकारिक एप स्टोरहरू मार्फत प्रयोग गर्ने कुनै पनि प्रयासलाई भने रोक्ने थप उल्लेख गरिएको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार