
काठमाडौं ।
मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति बिहीबार १० अर्ब डलर बढेको छ। यो वृद्धि फेसबुकको प्रभावशाली त्रैमासिक नतिजाका कारण भएको हो, जस पछि मेटाको शेयरमा अत्याधिक वृद्धि भएको थियो।
रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीलाई एक स्थान तल धकेल्दै जुकरबर्गको स्टकमा भएको उछालपछि ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा एक स्थान माथि उक्लिएका छन्।
रिपोर्टका अनुसार, मेटाको शेयर बिहीबार लगभग १४ प्रतिशतले बढेको थियो, जसले मार्क जुकरबर्गको सम्पत्तिमा पनि प्रभाव पारेको थियो। बिहीबार मेटा सीईओको सम्पत्ति १० बिलियन डलर नाघेको छ। यो वृद्धिपछि जुकरबर्गको सम्पत्ति ७७.१ बिलियन डलरबाट बढेर ८७.३ बिलियन डलर पुगेको छ। एकै दिनमा उनको सम्पत्तिमा यो तेस्रो ठूलो उछाल हो।
जुकरबर्गले मुकेश अम्बानीलाई ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्समा एक स्थान तल धकेले, जसको कुल सम्पत्ति ८२.४ बिलियन डलर भएको मानिन्छ। जुकरबर्ग अहिले १२ औं र अम्बानी १३ औं स्थानमा छन्। इलन मस्क, जेफ बेजोस र बिल गेट्स अझै पनि सूचकांकमा शीर्ष १० सूचीमा छन्।
जुकरबर्गको सम्पत्ति एकै दिनमा यति धेरै बढेको यो तेस्रो पटक हो। मार्क जुकरबर्गको सम्पत्तिमा सबैभन्दा ठूलो एक दिनको उछाल फेब्रुअरी २ मा १२.५ बिलियन डलर थियो। यस्तै करिब एक वर्ष पहिले ११ अर्ब डलरको वृद्धि भएको थियो।
मेटाले जुकरबर्गको लागि राम्रो सुरुवात गर्न सकेको थिएन्। फेसबुकबाट कम्पनीको नाम मेटामा परिवर्तन गरेपछि उनको सम्पत्ति ७१ अर्ब डलरमा झरेको छ। तर, अहिले मेटा उनीहरुका लागि फाइदाजनक सावित भइरहेको छ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार