
काठमाडौं ।
अमेजनले भारतमा आफ्नो प्राइम सदस्यताको सब्सक्रिप्सन मूल्य बढाएको छ। पछिल्लो सब्सक्रिप्सन मूल्य वृद्धिका साथ अमेजनले उपभोक्तालाई मासिक वा त्रैमासिक योजनाको सट्टा वार्षिक योजनामा स्विच गराउन खोजेको बिजनेसटुडेले उल्लेख गरेको छ।
कम्पनीले वार्षिक योजना बाहेकका सबै योजनामा १०० रुपैयाँभन्दा बढीको बृद्धि गरेको छ।
यो मूल्य अघि भारतमा मासिक अमेजन सब्सक्रिप्सन शुल्क १७९ भारु थियो भने अहिले २९९ भारु पुगेको छ। त्रैमासिक शुल्क ४५९ भारु बाट ५९९ भारु पुर्याइएको छ।
वार्षिक प्लानको शुल्कमा भने कुनै परिवर्तन गरिएको छैन। वार्षिक प्राइम प्लान १ हजार ४९९ भारु बाट शुरु हुन्छ र अमेजन प्राइम लाइटको शुल्क ९९९ भारु छ।
अन्तिम पटक अमेजनले मासिक प्राइम सब्सक्रिप्सन शुल्क २०२१ मा वृद्धि गरेको थियो। उक्त समय १२० भारुबाट बढाएर १७९ भारु पुर्याएको थियो।
प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार