
काठमाडौं ।
अमेरिकी नागरिक जोसँग २४ मेग २००७ देखि कुनै पनि समयमा फेसबुक अकाउन्ट छ भने ७२५ मिलियन अमेरिकी डलर गोपनीयता सम्झौताको हिस्सा पाउने भएका छन्। यसका लागि अमेरिकी नागरिकले आफ्नो हिस्साका आवेदन दिन सक्नेछन्। फेसबुकको मूल कम्पनी मेटा उक्त रकम भुक्तानी गर्न सहमत भएको छ।
उक्त रकम मेटाले एक मूद्दा सुल्झाउन भुक्तानी गर्न सहमत भएको छ। फेसबुकलाई आफ्नो लाखौं प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी डोनाल्ड ट्रम्पको २०१६ को राष्ट्रपति अभियानलाई समर्थन गर्ने फर्म क्याम्ब्रिज एनालिटिकलाई उपलब्ध गराएको आरोप छ।
व्यक्तिगत प्रयोगकर्ताहरूले कति रकम प्राप्त गर्नेछन् भन्ने स्पष्ट छैन। मान्य दाबी पेश गर्ने व्यक्तिहरुको संख्या जति धेरै हुन्छ भुक्तानी त्यती नै सानो हुन्छ किनकी रकम विभाजित गरेर वितरण गर्नु पर्ने हुन्छ।
फेसबुकको पाइभेसी सेटलमेन्टमा गएर अनलाइन फर्म भर्न वा फर्म डाउनलोड गरेर मेल गर्न सकिन्छ।
ट्रम्पको राजनीतिक रणनीतिकार स्टिभ ब्याननसँगको सम्बन्ध रहेको फर्म क्याम्ब्रिज एनालिटिकाले प्लेटफर्मका करिब ८ करोड ७० लाख प्रयोगकर्ताको व्यक्तिगत जानकारीमा पहुँचका लागि फेसबुक एप विकासकर्तालाई भुक्तानी गरेको खुलासा २०१८ मा भएको थियो।
उक्त डाटा २०१६ को ट्रम्पको राष्ट्रपति निर्वाचन अभियानको समयमा अमेरिकी मतदाताहरुलाई लक्षित गर्न प्रयोग गरिएको छ। त्यसपछि ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार