सामसङ ग्यालेक्सी एफ५४ फाइभजी गुगल प्ले कन्सोलमा देखियो

Technology Khabar ७ बैशाख २०८०, बिहीबार

काठमाडौं ।

सामसङ ग्यालेक्सी एफ५४ फाइभजी स्मार्टफोन गुगल प्ले कन्सोलमा देखा परेको छ। उक्त लिस्टिङले फोनको स्पेक्स सिटको मुख्य भागहरूको बारेमा खुलासा गर्दै रिलीज नजिकिँदै गरेको संकेत पनि दिएको छ।

लिस्टिङले फोनको डिजाइनका साथै यसको चिपसेट छनोटको बारेमा खुलाएको उल्लेख गरिएको छ। फोनमा एक्सीनोस १३८० (कोडनेम एस५ई ८८३५) चिपसेट र ८ जीबी र्याम समावेश गरिएको छ। फोनको स्क्रिन रिजोल्युसन १०८० x २४०० पिक्सेल युनिट रहेको र फोन एन्ड्रोइड १३ मा चलिरहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

फोनको लुक्स र स्पेक्स तथा यसको मोडेल नम्बर (एम५४एक्स) हरुलाई विचार गर्दा, यस नयाँ ग्यालेक्सी एफ५४ ५जी फोन रिब्याज गरिएको ग्यालेक्सी एम५४ जस्तो देखिएको बताइएको छ।

यदि त्यो सहि साबित भएको खण्डमा भने, ग्यालेक्सी एफ५४ मा ६,००० एमएएच ब्याट्री, ६.७–इन्चको १२० हर्ज सुपर एएमओएलईडी डिस्प्ले रहनुका साथै फोनमा सम्भवतः १०८एमपी मुख्य प्लस ८एमपी अल्ट्रावाइड प्लस २एमपी म्याक्रो क्यामरा सेटअप रहने उल्लेख गरिएको छ। त्यसैगरी फोनमा ३२एमपी सेल्फी क्यामेरा पनि हुनुपर्ने लिस्टिङले बताएको छ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया