माईक्रोसफ्टले विन्डोज ११ को लागि होलोलेन्स २ अपडेट

  • Technology Khabar | ४ बैशाख २०८०, सोमबार
माईक्रोसफ्टले विन्डोज ११ को लागि होलोलेन्स २ अपडेट

काठमाडौं ।

माइक्रोसफ्टले बिस्तारै होलोलेन्स २ मिक्स्ड–रियालिटि हेडसेटमा निःशुल्क विन्डोज ११ अपडेट पुश गर्ने भएको छ।

अपडेटले निरन्तर प्लेटफर्म समर्थन, मासिक सुरक्षा सेवा अपडेटहरू र अनुकूलित कार्यसम्पादन सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

नयाँ फिचर्सहरू मध्ये माईक्रोसफ्ट एज वेबभ्यू२जस्ता डेफलपर टुलहरू रहेको र जुन होलोलेन्स२ को पूर्वावलोकनमा उपलब्ध भएको बताइएको छ। साथै यसले डेभलपर्सलाई एचटीएमएल, सीएसएस, र जाभास्क्रिप्टलाई हेडसेटको नेटिभ एपहरूमा इम्बेड गर्ने क्षमता दिनेछ।

त्यसैगरी यसमा थ्रीडी एनोटेसन अर्को मुख्य थप फिचर रहेको बताइएको छ। यसले प्रयोगकर्ताहरूको आफ्नो वरपरको कुनै पनि कुरालाई चाहे त्यो सतहमा वा वस्तु वा फ्रेममा जहाँसुकै होस् प्रयोगकर्ताहरूलाई एनोटेट गर्ने विकल्प दिने उल्लेख गरिएको छ।

माईक्रोसफ्टले मिक्स्ड रियालिटी हेडसेटमा कुन कन्टेन्ट देखा पर्न सक्छ भनेर नियन्त्रण गर्न सक्षम हुन व्यवसायहरूको लागि होलोलेन्स २ मा एक रेस्ट्रिकटेड मोड पनि थप्ने भएको उल्लेख गरिएको छ।

प्रयोगकर्ताहरू विन्डोज १०मा रहन स्वतन्त्र भएको  माइक्रोसफ्टले बताएको  छ। तर यदि प्रयोगकर्ताहरूले नयाँ ओएससँग जान चाहन्छन् भने तिनीहरूले अपडेट र सुरक्षामा अपडेटहरूको लागि जाँच खण्डमा जानुपर्ने छ।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार